सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको ढकारीमा एमालेबाट अध्यक्ष र उपाध्यक्ष चयन

२०७८ चैत्र ३०, ०८:२७ खबर संवाददाता

धनगढी : अछामको ढकारी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट धर्मबहादुर शाही उम्मेदवार चयन भएका छन्। उपाध्यक्षको उम्मेदवारमा युवा नेतृ एमाले अछामकी सदस्य मायादेवी बुढा चयन भएकी छिन्।  

त्यस्तै, आगामी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका लागि पालिकाको वडा नम्बर ३ बाट धनबहादुर बुढा, ४ बाट नैनसिंह बुढा र ८ बाट दीपेन्द्र खड्कालाई सर्वसम्मत रुपमा उम्मेदवार चयन गरिएको बताइएको छ। एमालेको ढकारी गाउँ कमिटिले एक भेलाको आयोजना गर्दै अध्यक्ष, उपाध्यक्षसहित तीन वटा वडाका अध्यक्षका लागि उम्मेदवार चयन गरेको हो। ढकारी गाउँपालिकामा जम्मा आठ वटा वडा रहेका छन्।


 

कमेन्ट लोड गर्नुस