सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी निरीक्षक शाही पुरस्कृत

२०७८ चैत्र ३०, ०८:०० खबर संवाददाता

धनगढी : बैतडीको इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी निरीक्षक राजेश शाही पुरस्कृत भएका छन्। अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम, समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रहरी निरीक्षक शाहीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी पुरुषोत्तम कँडेलले पुरस्कृत गरेका हुन्।

प्रहरी निरीक्षक शाहीसहित विभिन्न पदमा कार्यरत प्रहरी अधिकृतहरु पनि पुरस्कृत भएका छन्। २०७७ वैशाखमा इलाका प्रहरी कार्यालय पाटन आएका शाहीको नेतृत्वमा विभिन्न अपराधहरुको सफल अनुसन्धान भएको छ। प्रहरी निरीक्षक शाहीको केही दिनअघि मात्रै जिल्ला प्रहरी कार्यालय दार्चुला सरूवा भएको छ। 

कमेन्ट लोड गर्नुस