श्रीलंकाले गर्यो दाताहरुको ऋण तिर्न नसक्ने घोषणा
काठमाडौँ : निकै खराब अवस्थाबाट गुज्रिरहेको श्रीलंकाले अहिले ५१ अर्ब डलरको विदेशी ऋण चुक्ता गर्न नसक्ने घोषणा गरेको छ। श्रीलंकामा खाद्यन्य र इन्धनको माग पूरा गर्न श्रीलंकाले यो कदम चालेको बताएको छ। श्रीलंकाको विदेशी मुद्रा रिजर्भ खाली भएको छ र अब श्रीलंकासँग धेरै थोरै मात्र डलर बाँकी छ।
श्रीलंकाको अर्थ मन्त्रालयले मंगलबार एक विज्ञप्तिमा जारी गर्दै ऋणको पुनर्संरचना नभएसम्म ऋणपत्रीका साहूहरू, द्धदेशिय ऋणदाताहरू र संस्थागत ऋणदाताहरूलाई सबै बाँकी भुक्तानीहरूको रिस्ट्रचरिङ गर्न माग गरेको छ। सरकारले बेलआउट प्याकेजका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग वार्तालाई तीव्रता दिने पनि मन्त्रालयले जनाएको छ ।