सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेलिकप्टरबाट खप्तड घुमाईने

२०७५ माघ २१, १०:३१ सीताराम ओझा

हिउँले भरिएर मनमोह बनेको धर्तीको भुस्वर्ग पर्यटकीय स्थल खप्तड हेलिकप्टरबाट घुक्न सकिने भएको छ । हिडेर जान नसक्नेहरुका लागि अव हेलिकप्टरबाट खप्तड घुम्न सकिने भएको हो । त्यका लागि तत्काल जानका लागि धनगढीबाट खप्तडको यात्रा गर्न सकिन्छ भने एक महिनापछि डोटीको दिपायलबाट हवाई यात्रामा खप्तड घुम्न सकिने छ । 

धर्तीको स्वर्गको नामले चिनिने खप्तड क्षेत्र अहिले हिउँदे सेताम्ये भएर निकै मनमोह बनेका बेला त्यहाँ हेलिकप्टर यात्रा मार्फत जान सकिने भएको छ । सोमबारदेखि धनगढीमा सुरु हुने सुदुरपश्चिम महोत्सवको अवधिमा हेलिकप्टरबाट खप्तड घुम्न सकिने भएको छ । कैलाली उद्योग वाणिज्य संघले महोत्सव अवधिमा हेलिकप्टरबाट खप्तड घुम्न सकिने व्यवस्था गरेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । 

अहिले खप्तड हिउँदे हिलाम्मे हुँदा निकै मनमोहक र सुन्दर देखिएका वेला त्यहाँको सुन्दरतामा रमाउने अवसर पाईने भएको छ । धनगढीदेखि खप्तड घुमाएर फेरि धनगढी ल्याउने व्यवस्था कैलाली उद्योग वाणिज्यले गर्न लागेको हो । अवको एक महिनापछि पनि खप्तडमा हेलिकप्टर मार्फत यात्रा गर्न मिल्ने भएको छ । डोटीको दिपायदेखि हेलिकप्टरमा यात्रा गर्न व्यवस्था गरिएको छ । डोटी चेम्बर अफ कमर्सले सदरमुकाम दिपायलमा आयोजना गरिरहेको प्रादेशिक महोत्सवमा हेलिकप्टरबाट खप्तड घुम्ने व्यवस्था गरिएको छ । खप्तडसम्म हिँडेर जान नसक्ने र छोटो समयमा नै खप्तड घुम्न चाहने पर्यटकलाई ध्यानमा राखेर हेलिकप्टरको व्यवस्था गरेको डोटी चेम्बर अफ कमर्सका अध्यक्ष अध्यक्ष खगेन्द्रबहादुर साउँदले बताए । 

दिपायलमा आउँदो फागुन १७ गतेबाट २७ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिमा हेलिकप्टरबाट खप्तड घुम्न सकिने भएको छ । नेपाल भम्रण वर्ष २०२० लाई सफल पार्ने उद्देश्यका साथ ११ दिनसम्म हेलिकप्टर सेवा सञ्चालन गर्ने डोटी चेम्बर अफ कमर्सले जनाएको छ । 
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस