सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीलाई ०६४ सालकै अवस्थामा फर्काउने प्रचण्डको दाबी

२०७८ चैत्र २९, ०४:०९ खबर संवाददाता

धनगढी: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीलाई २०६४ सालकै अवस्थामा फर्काउने दाबी गरेका छन्। जसपाबाट सुदूरपश्चिम अध्यक्ष कृष्णकुमार चौधरी माओवादी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कैलालीका आफ्नो पकड बलियो हुन थालेको बताएका हुन्। 

पहिलो संविधान सभा निर्वाचनमा कैलालीबाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी जसपाबाट माओवादी प्रवेश गरेपछि स्थानीयतहमा राम्रो प्रभाव पर्ने प्रचण्डको विश्वास छ। 

उनले एमालेसँग एकता गर्दा आफूले धेरै चिज बुझेको बताएका छन्। उनदे भने, ‘एमाले के चिज हो ? बुझ्ने मौका पाएको छ। मेरो तीन वर्षको अनुभव भयो र संगै बसेर अनुभव गरे । सबै एक जुट भएर ब्याटल जित्नु पर्ने छ।’

कमेन्ट लोड गर्नुस