राष्ट्रपतिद्वारा नीलाम्बर आचार्यलाई भारतका राजदूत नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले नीलाम्बर आचार्यलाई गणतन्त्र भारतको राजदूतमा नियुक्त गरेकी छन।
नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनलाई उक्त पदमा नियुक्त गरेकी हुन।
आईतबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत आचार्यलाई पद तथा गोपनीयताको शपथ गराइन।
मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार राष्ट्राध्यक्षबाट राजदूत आचार्यले शपथ लिएका हुन्। नेपालको इतिहासमा राष्ट्र प्रमुखबाट राजदूतलाई पहिलोपटक शपथ गराइएको हो। राष्ट्रपतिबाट शपथ लिने उनी पहिलो नेपाली राजदूत हुन।
समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति थियो । रासस