सुदूर नेपाललाई विश्वसँग जोड्दै

न्युयोर्कका मेयरलाई कोरोना पोजेटिभ

२०७८ चैत्र २९, ०५:४२ रासस

न्युयोर्क : अमेरिकाको न्युयोर्क सहरका मेयरलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ। न्युयोर्कका मेयर एरिक आदम्सलाई कोरोना पोजेटिभ देखिएको उनको कार्यालयले जनाएको छ। मेयर आदम्सको कार्यालयले विज्ञप्ति प्रकाशन गरेर उनलाई कोरोना भाइरस देखिएको जानकारी दिएको अमेरिकाबाट विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

सो विज्ञप्तिमा उनलाई भाइरसको त्यस्तै कुनै असर नदेखिएको तर उनको स्वास्थ्य रिपोर्ट भने कोरोना पोजेटिभ आएको पाइएको बताइएको छ। उनी आइसोलेसनमा बसेका र अबको एक हप्ता उनले कुनै पनि सार्वजनिक कार्यक्रमहरु सहभागीता नजाउने पनि सो विज्ञप्तिमार्फत् जानकारी दिइएको छ।

यहाँ अहिले पनि कोरोना भाइरसको प्रकोप देखिएको छ। गत शनिबारको रिपोर्ट अनुसार यहाँ २४ घन्टा भित्रमा १२ हजार ८०० जनालाई कोरोना पोजेटिभ देखिएको थियो। न्युयोर्कमा यहाँका नागरिकलाई कोरोनाको निःशुल्क स्वास्थ्य जाँच र निःशुल्क औषधि उपलब्ध गराइएको छ।

यहाँ अहिलेसम्म ८ करोड नागरिकलाई कोरोना पोजेटिभ देखिएको छ। अमेरिका कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित भएका विश्वका देशहरुमध्येमा पर्दछ। -सिन्ह्वा

कमेन्ट लोड गर्नुस