सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु

२०७८ चैत्र २८, ०६:२५ खबर संवाददाता

धनगढीः बझाङमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ। जिल्ला सदरमुकाम चैनपुरस्थित बाहुलीगाडमा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु भएको हो। 

प्रहरीका अनुसार डुबेर बित्थड चिर गाउँपालिका ४ का १८ वर्षीय कमल बोहराको मृत्यु भएको हो। दिउसो ४ बजेतिर उनको ज्यान गएको प्रहरीले जनाएको छ। यसअघि पनि बाहुलीगाडमा डुबेर एक जनाको मृत्यु भएको थियो।


 

कमेन्ट लोड गर्नुस