सुदूर नेपाललाई विश्वसँग जोड्दै

इमरान खानको पार्टीका सांसदद्वारा सामूहिक राजीनामाको घोषणा

२०७८ चैत्र २८, ०५:५१ खबर संवाददाता

काठमाडौंः इमरान खानसमेत पाकिस्तान तहरिक–ए–इंसाफ (पिटिआई) का सदस्यले संसद् (नेशनल एसेम्बली) बाट राजीनामाको घोषणा गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका पीटीआई अध्यक्ष इमरान खानको अध्यक्षतामा सोमबार बसेको संसदीय दलको बैठकले आयातित सरकारको विरोधमा राजीनामा दिने निर्णय गरेको हो।

साथै, उनीहरुले प्रधानमन्त्री चुनावलाई बहिष्कार गर्ने घोषणा पनि गरेका छन्। पूर्व प्रधानमन्त्री इमरान खानले संसदीय दलको बैठकमा भने, ‘हामी उनीहरुसँग कहिल्यै पनि विधानसभामा बस्न सक्दैनौँ।’ यो मौकामा पत्रकारसँग कुराकानी गर्दै संसद्मा पिटिआई नेता तथा पूर्व सूचना मन्त्री फवाद चौधरीले भने, ‘हामी राजीनामा दिनेछौँ र स्वतन्त्रताको लडाईं लड्नेछौँ।’

कमेन्ट लोड गर्नुस