सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी नगरपालिकालाई छ बुदे ज्ञापन

२०७५ माघ २०, ०७:०९ खबर संवाददाता
कैलालीको गोदावरी नगरपालिकालाई ६ बुदे ज्ञापन पत्र बुभाइएको छ।  विभिन्न ११ ओटा संस्थाले सामुहिक रुपमा ज्ञापन बुझाएका हुन्।  नगर क्षेत्रमा कालो बजारी, अखाद्य वस्तुको विक्री वितरण, मिसावट, मनपरी मुल्य निर्धारणमा मनोमानी लगाएका बुदाहरु ज्ञापन पत्रमा समाबेस गरिएको छ। व्यावसायिक फर्महरुलाई नगरपालिकामा दर्ता गरी कारोबारो गर्न प्रोत्साहान गर्नु पर्ने, हाल नगरपालिकले लिईरहेको बिगत ४–५ बर्षको एकमुष्ट कर मिनाहा गर्नु पर्ने लगाएतका माग रहेका छन्। 
गोदावरी चेम्बर अध्यक्ष विनोद मल्लको नेत्रित्वमा नगरपालिका पुगेको टोलीले नगरपालिकाका मेयर हरि सिं सावंद र उपमेयर रत्ना कडायतलाई ज्ञापन पत्र बुझाएको छ। 
कमेन्ट लोड गर्नुस