सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा करेन्ट लागेर महिलाको मृत्यु

२०७८ चैत्र २८, ०३:५३ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।  दोधारा चाँदनी नगरपालिका–१० प्रतिभा टोल बस्ने ४५ वर्षीया बाल देवी खड्काको करेन्ट लागेर मृत्यु भएको हो।

आइतबार आफ्नै आँगनमा रहेको मोटर जडान गरेको पानीको नल चलाउने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उक्त विषयमा थप अनुसन्धान भइरहेको छ। 

कमेन्ट लोड गर्नुस