सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले अध्यक्ष ओली बझाङमा, जनसभालाई सम्बोधन गर्ने

२०७८ चैत्र २८, ०२:४८ खबर संवाददाता

बझाङः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बझाङमा पुगेका छन्। एमाले जिल्ला कमिटी बझाङले सदरमुकाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली बझाङ पुगेका हुन्। 

ओलीको साथमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीका सुदूरपश्चिम प्रदेश सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायतका नेता कार्यकर्ता बझाङ पुगेका छन्। 

कमेन्ट लोड गर्नुस