सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपाबाट भीमदत्तको मेयरमा ‘गज्जु राजा’, उपमेयरमा श्रेष्ठ

२०७८ चैत्र २८, ०२:४६ खबर संवाददाता

धनगढीः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट भीमदत्त नगरपालिकाको मेयरमा गजेन्द्रबहादुर चन्द (गज्जु राजा) र उपमेयरमा हेलेनसिंह श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन्। सोमबार एक कार्यक्रमकाबीच राप्रपाले मेयरमा चन्द र उपमेयरमा श्रेष्ठलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो। 

मेयरका उम्मेदवार चन्द राप्रपका कञ्चनपुरका अध्यक्ष हुन् भने उपमेयरकी उम्मेदवार श्रेष्ठ महिला संगठन जिल्ला अध्यक्ष हुन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा चन्दले ४ हजार ३ सय २८ मत ल्याएका थिए। 
 

कमेन्ट लोड गर्नुस