बैतडी दशरथचन्दको मेयरमा ‘लख्खाभाइ’ लाई उम्मेदवार बनाउने एमालेको निर्णय
बैतडी: नेकपा एमाले बैतडीले दशरथचन्द नगरपालिकाको मेयरमा पुष्कर जोशी (लख्खाभाइ) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीको नगरकमिटी बैठकले एमाले सुदूरपश्चिम कमिटी सदस्य रहेका जोशीलाई मेयर पदकाे उम्मेदवारमा सर्वसम्मत चयन गरेको हो। उपप्रमुखमा अझै टुंगो नलागेको नेकपा एमाले दशरथचन्द नगर कमिटी सचिव मनोज बोहराले बताए।
लख्खाभाइ गत स्थानीय तहको निर्वाचनमा ६० मतले पराजित भएका थिए।