सेती प्रादेशिक अस्पतालमा एक शिशुको मृत्यु
धनगढीः धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक शिशुको मृत्यु भएको छ। कैलालीकाे गोदावारी नगरपालिका वडा नम्बर ६ लालपुरकी मञ्जु विकले जन्माएको शिशुको मृत्यु भएको हाे। ती शिशु आइतबार राति साढे ९ बजे अस्पतालको प्रसुति गृहमा जन्मिएका थिए।
पीडित परिवारले भने अस्पतालको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाएका छन्। पीडित परिवारका भीम विकले अस्पतालको लापरबाही कारण शिशुको मृत्यु भएको बताए।
यता अस्पतालले भने शिशुमा जन्मदै स्वास्थ्य समस्या रहेका कारण मृत्यु भएको दाबी गरेको छ।