सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा विज्ञानको प्रश्नपत्र बाहिरियो, विद्यालयमा तालाबन्दी

२०७८ चैत्र २७, ०३:०६ खबर संवाददाता

धनगढीः कञ्चनपुरको एक विद्यालयमा तालाबन्दी गरिएको छ। जिल्लाको लालझाँडी गाउँपालिकास्थित एक विद्यालयमा तालाबन्दी गरिएको हो। 

विद्यालयले लिने परीक्षाको प्रश्नपत्र बाहिरिएको भन्दै तालाबन्दी गरिएको हो। चैत २२ गतेदेखि गाउँपालिकाले कक्षा ८ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै परीक्षा केन्द्र तोकिएकै विद्यालयले प्रश्नपत्र लिक गरेको भेटिएको हो। ४ विद्यालयको परीक्षा केन्द्र तोकिएको बैजनाथ बहुभाषिक आधारभूत विद्यालयले विज्ञान विषयको प्रश्नपत्र लिक गरेको स्थानीयले बताएका छन्। 

गाउँपालिकाको शिक्षा शाखा अधिकृत सिद्धराज भट्टको कार्यकक्षमा तयार पारिएको विज्ञान विषयको प्रश्नपत्र लिक भएको हो। २१ गते साँझ नै ३० विद्यार्थीहरूलाई प्रस्नपत्र आउट गरेको बताइएको छ। प्रस्नपत्र आउट भएपछि आइतबार विभिन्न ४ विद्यालयका शिक्षक र स्थानीयहरूले उक्त विद्यालयमा तालाबन्दी गर्दे परीक्षा रद्द गरिनुपर्ने माग राखेका छन्।

कमेन्ट लोड गर्नुस