सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको जाखोर ताल सफाइ अभियानले सार्थकता पाएन्

२०७५ माघ २०, ०२:४९ कमल सावद

धनगढी पर्यटकीय क्षेत्र जाखोर ताल सफाई अभियानले सार्थकता नपाउँदा ताल क्षेत्र अझै कुरुप छ। उपमहानगरपालिकाले जाखोर तालमा फैलिएको जलकुम्भी हटाउने भन्दै दुई महिना पहिले सञ्चालन गरेको अभियानले सार्थकता पाउन नसकेको हो। 
अभियान अन्तरगत हरेक हप्ताको शनिबार तालमा फैलिएको जलकुम्भी हटाउने भनिएको थियो। तर अभियान सुरु भएको दुई महिना सम्म ताल पूर्ण रुपले सफा हुन सकेको छैन् भे शनिवार जलकुम्भी हटाउने  घोषणा पनि अलपत्र परेको छ। धनगढी उपमहानगरपालिकाले भने ताल सफाईका नाममा एक लाख भन्दा बढि रकम खर्च गरिसकेको जनाएको छ
धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले गत मंसिर ८ गते जाखोर ताल सफाई अभियानको उद्घाटन गर्दै हरेक शनिबार अभियान अन्तरगत ताल सफाई गरिने बताएका थिए। धनगढी उप–महानगरपालिकाको अगुवाईमा तामझापका साथ उद्घाटन गरेको तालको जलकुम्भी हटाउने अभियानले ३-४ वटा शनिबार सम्म निरन्तरता पाएपनि त्यसपछि रोकिएको छ। जसका कारण तालको जलकुम्भी जस्ताको त्यस्तै रहेको छ। 

वनस्पती कार्यालय कैलालीले माछा पालनमा रोक लगाएसंगै जाखोर तालमा जलकुम्भी फैलिएको थियो। तत्कालिन धनगढी नगरपालीकाले २०५४ सालमा जिल्ला वनस्पति कार्यालयलाई तालको स्वमित्व हस्तान्तर गरेको थियो। वनस्पति कार्यालयले २०७३ सालमा माछा पालनमा रोक लगाएपछि जलकुम्भी भरिएको हो। माछा पालनमा रोक लगाएपछि जलकुम्भीका कारण ताल कुरुप बन्दै गएको छ। धनगढीकै प्रमुख पर्यटकिय स्थलका रुपमा रहेको ताल सफाई अभियान थालिएपनि पूर्णता पाउन नसकेको बताउदै वडा नम्बर ७ का अध्यक्ष सिताराम रानाले तालका १२ कुना मध्य एक कुनो मात्र सफा भएको बताए। उनले, ४-५ लाख खर्च लाग्ने भएकाले सफाई अभियान बन्द गरिएको बताए। 
जाखोर ताल झण्डै १२ हेक्टर क्षेत्रफलमा फैलिएको छ। जखोर ताल धनगढी बजार क्षेत्रबाट कम दुरीमा पर्ने पर्यटकिय सम्भावना बोकेको ताल हो। तालको जलकुम्भी हटाएर सफाई गर्ने नाममा धनगढी उपमहानगरपालिकाले एक लाख भन्दा बढि बजेट खर्च गरिसकेको जनाएको छ। तर फेरी तालको सफाई र ड्याम निर्माणका लागि ठेक्का सम्झौताको तयारी थालिएको जनाएको छ। जाखोर तालको संरणका लागि राट्रिपति चुरे कार्यक्रमको ४० लाख र उप–महानगरको १२ लाख गरि ५२ लाख संरक्षणमा ठेक्का मार्फत खर्च गर्ने तयारी छ। प्रदेश सरकाले पनि बजेट विनियोजन गरेको बताइएको छ भने ३५ करोडको गुरु योजना समेत निर्माण भएको उप–महानगरपालिकाले दावि गर्दै आएको छ।  तर ताल क्षेत्रको जलकुम्भी हटाउने कार्यले नै सार्थकता नपाएपछि अहिले तालमा डुङगा चलाउने योजना पनि अलपत्र परेको छ। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस