पाकिस्तानी प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित
काठमाडौँः पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव पारित भएसँगै प्रधानमन्त्री खान पदमुक्त भएका छन्। आइतबार मध्यराति पाकिस्तानको संसद् (राष्ट्रिय सभा)मा भएको मतदानमा कुल ३४२ मध्ये १७४ मत प्रधानमन्त्री खानविरुद्ध संसदमा पेस भएको अविश्वास प्रस्तावको पक्षमा खसेपछि अविश्वासको प्रस्ताव पारित भएको हो।
अविश्वासको प्रस्ताव पारित भएसँगै पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन्।