बैतडीमा बलिसहितको जात्रा
२०७८ चैत्र २६, ०६:००
धनगढीः बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा बलिसहितको जात्रा सम्पन्न भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका वडा नं २ देहिमाण्डौँस्थित निङ्गलाशैनी मन्दिरमा हरेक वर्ष चैत्राष्टमीमा लाग्ने जात्रा आज सम्पन्न भएको हो।
उक्त जात्रामा सयौँ रांगा र बोकाको बलि दिइएको छ। यो मन्दिरमा दर्शनका लागि नेपालका मात्रै नभएर भारतीय दर्शनार्थी समेत पुग्ने गरेका छन्।
कमेन्ट लोड गर्नुस