अछाममा म्यादीका लागि एमालेले सिफारिस गरेको पत्र भाइरल, जिल्ला अध्यक्ष के भन्छन् ?
धनगढीः अछाममा नेकपा एमालेले म्यादी प्रहरीमा निकटका मान्छे सिफारिस गरेको पत्र भाइरल बनेकाे छ। एमालेको जिल्ला कमिटीले म्यादी प्रहरीमा छनोट गर्न भन्दै सिफारिस गरेका पत्र सामाजिक सञ्जालमा बाहिरिएको हो।
एमाले जिल्ला कमिटीले ३० जनाको नामसहित सिफारिस गरिएको उक्त पत्रमा उल्लेख छ। म्यादीमा सिफारिस गरिएको पत्र आएपछि अछाम एमालेको आलोचना भइरहेको छ।
यस विषयमा एमाले अछामका अध्यक्ष चन्द्र बोहराले उक्त पत्र गलत भएको बताए। उनले भने, ‘यो हाम्रो पार्टीलाई बदनाम गर्ने हतास मानसिकता हो। हाम्रो पार्टीले कुनै सिफारिस गरेको छैन। इडिट गरेर एमालेलाइ बदनाम गराउन खोजिएको हो।’ यस्तै उनले यसबारे अनुसन्धान गरिरहेको भन्दै उक्त कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताए।