सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारी गाडी तोडफोड र आगजनी गर्नु निन्दनीय छः गगन थापा

२०७५ माघ २०, ०१:१० खबर संवाददाता

नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेविसंघका विद्यार्थीले सरकारी गाडी तोडफोड र आगजनी गर्नु निन्दनीय भएको बताएका छन्। उनले भने, जिम्मेवार नागरिक कसैले पनि यस्तो काम गर्नु हुदैन्।
उनले नेविसंघको नाममा केही विद्यार्थीहरुले सरकारी गाडी जलाएकोमा साथीहरुले आफ्नो विचारबारे जान्न चाहेको र आफू यसको पक्षमा नरहेको बताएका छन। उनले भने, यस्तो कार्य गलत मात्र नभएर निन्दनीय पनि छ, आफु यस्ता कामको दुरुत्साहन गर्नमा डटेर लाग्ने समेत प्रतिबद्धता जनाएका छन्। 
सार्वजनिक विदाको दिन पास लगेर मात्र गाडी चलाउनपाइने नियम भए पनि बिना पास गाडी चलाउने व्यवस्था छ। केही दिनदेखि नेविसंघका विद्यार्थीले सार्वजनिक बिदाको दिन बिना पास सरकारी गाडी चलाएको देखेमा विरोध गर्दै आएका थिए। 
 

कमेन्ट लोड गर्नुस