सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौंमा फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

२०७८ चैत्र २६, ११:२६ खबर संवाददाता

काठमाडौं:  बाग्मती सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ। जसअनुसार अब यात्रुले किलोमिटरको आधारमा भाडा तिर्नुपर्नेछ। ५ किलोमिटरसम्म यात्रा गर्दा २० रुपैयाँ १० किलोमिटरसम्म २५ रुपैयाँ १५ किलोमिटरसम्म ३० र २० किलो मिटरसम्म ३३ रुपैयाँ तिर्नुपर्ने छ।

यस्तै ट्याक्सीको पनि भाडा बढेको छ। पेट्रोलियम पदार्थबाट सञ्चालन हुने ट्याक्सी सेवाको हकमा प्रति २०० मिटरको भाडादर १० रुपैयाँ कायम गरिएको छ भने प्रतिक्षा शुल्कका विषयमा प्रति १ मिनेटको १.२० रुपैयाँ कायम गरिएको छ विद्युतीय माध्यमबाट सञ्चालन हुने ट्याक्सी सेवाको हकमा प्रति २०० मिटरको भाडादर ९ रुपैयाँ कायम गरिएको छ।  यो भाडादर वैशाख १ गतेदेखि लागू हुने बताइएको छ। 

 

 

 


 

कमेन्ट लोड गर्नुस