सरकारले तोकेको मुल्यभन्दा सस्तोमा उखु किनेर चिनी मिलहरुले २७ करोड कुम्ल्याए
सरकारले उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेपनि कैलाली र कञ्चनपुर जिल्लाका किसानहरु सस्तो मूल्यमा उखु विक्री गर्दा चिनी चिनी मिलहरुले २७ करोड कुम्ल्याएका छन् । सरकारले प्रति क्विन्टल ५ सय ३६ रुपैया ५६ पैसा निर्धारण गरेपनि कैलाली र कञ्चनपुरका किसानहरु भने ५० देखि एक सय रुपैया कममा उखु विक्री गर्न थालेपछि किसानहरुलाई घाटा हुँदा चिनी मिलहरुले २७ करोड किसानलाई दिने रकम बचाएका हुन् । आर्थिक वर्ष २०७५-०७६ का लागि उखुको न्यूनतम मूल्य प्रति क्विन्टल ५ सय ३६ रुपैया ५६ पैसा निर्धारण गरेको थियो। सरकारले मुल्य तोकेपनि चिनी मिलहरुले कम मूल्यमा उखु खरिद गरिरहेका छन् ।
सरकारले उखुको मुल्य प्रति क्विन्टल ५ सय ३६ रुपैँया निर्धारण गरेपनि चिनी मिलहरुले भने ४ सय देखि ४ सय ४० रुपैयासम्म खरिद गरिरहेका छन्। सरकारले ६५ रुपैया अनुदान दिने भएकाले चिनी मिलहरुले सम्बन्धित उखु कृषकहरूलाई प्रति क्विन्टल ४ सय ७१ रुपैयाँ नघटाई समयमै रकम भुक्तानी गर्नुपर्ने प्रावधान रहेको छ। तर किसानहरुले ९६ रुपैया कम मुल्यमा उखु बेचिरहेका छन् । एक क्वीन्टलमा ९६ रुपैयाँ घाटा लाग्दा किसानहरुलाई कञ्चनपुरको दक्षिणी क्षेत्रका दुई मिलले मिलेर २७ करोड रकम बचाएका हुन् । महाकाली सुगर मिलले अघिल्लो बर्ष १७ लाख क्वीन्टल खरिद गरेको थियो भने भागेश्वर सुगर मिलले ११ लाख क्वीन्टल उखु किनेको थियो । दुवै चिनी मिलले २८ लाख क्वीन्टल उखुमा प्रति क्वीन्टलमा ९६ रुपैयाँ कम दिँदा हिसा वगर्ने हो भने २८ करोड ८८ लाख रकम हुन आउँछ । यो रकम किसानले पाउनुपर्नेमा चिनी मिललहरुले भने सस्तोमा उखु किनेर कुम्ल्याएका छन ।