सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारमा कांग्रेस पनि सहभागी, तीन मन्त्री नियुक्त

२०७८ चैत्र २५, ०६:१८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि सहभागी भएको छ। कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानून मन्त्री र गोविन्द बोहोरा सामाजिक विकास मन्त्री, टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन्।

कानून मन्त्री पूर्णा जोशी, सामाजिक मन्त्री लालबहादुर खड्का र कृषि मन्त्री विनिता चौधरीलाई हटाएर कांग्रेसबाट नयाँ मन्त्री नियुक्त गरिएको हो। नवनियुक्त मन्त्रीहरूको आजै शपथ ग्रहण हुने जनाइएको छ।

लामो समयदेखि कांग्रेसले पनि सरकारका सहभागी हुने इच्छा जनाए पनि माओवादी र समाजवादीले मानेनका थिएनन्। तर स्थानीय चुनावामा केन्द्रको गठबन्धन सुदूरपश्चिमा असर पर्ने भएपछि शुक्रबार कांग्रेसबाट दुई मन्त्रीसहित एक राज्यमन्त्रीले शपथ लिन लागेका हुन्।

प्रदेशसभामा समाजवादीको १४, माओवादीको १३, कांग्रेसको १२ र एमालेका १० का जना सांसद छन्। कांग्रेस सरकारमा गएसँगै प्रमुख प्रतिपक्षको हैसियत एमालेले पाउने भएको छ।

कमेन्ट लोड गर्नुस