सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कांग्रेसबाट को बन्दैछन् मन्त्री ?

२०७८ चैत्र २५, ०६:०३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद पुनर्गठन हुने भएको छ। सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको हो। यसअघि प्रतिपक्ष भूमिकामा रहेको नेपाली काँग्रेस आज सरकारमा सहभागी हुने भएको हो।

काँग्रेस सरकारमा सहभागी हुँदा संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानून मन्त्री, गोबिन्द बोहरा सामाजिक विकास मन्त्री र टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बन्ने सम्भावना बढी रहेको कांग्रेसका एक नेताले बताए।

उनीहरुको आजै सपथको कार्यक्रम रहेको स्रोतले जनाएको छ। 


 

कमेन्ट लोड गर्नुस