कञ्चनपुरको पुनर्वासमा उखुबारीमा आगलागी
कञ्चनपुरको दक्षिणि क्षेत्रमा किसानको उखुबारीमा आगलागी भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा बिक्रम चन्दको ५ बिगाहको उखु बारी र मोतिबस्तीमा सुम्पा तामाङले गरेका एक बिगाह उखु बारीमा आगो लागेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका प्रमुख कर्ण बहादुर बमले बताए। शनिबार दिउँसो करिब १२ बजे चन्दको उंखु बारिमा काटिसकेको उंखुको पात जलाउने क्रममा हावाको कारणले नकाटेको उंखुमा आगलागी भएकोे हा। दिउसो ३ बजे तामाङको उखुबारीमा बालबालीकाकाले सल्काएको आगोबाट बारीमा सल्कीएको थियो।