कञ्चनपुरमा म्यादी प्रहरीको अन्तिम नतिजा सार्वजनिक
धनगढीः जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले म्यादी प्रहरीको अन्तिम नतिजा सार्वजनिक गरेको छ। शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले म्यादी प्रहरीको अन्तिम नतिजा सार्वजनिक गरेको हो।
म्यादी प्रहरी भर्नाका लागि लिइएको परीक्षामा ३ सय ४२ जना पास भएका छन्। यस्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उत्तीर्ण भएका उम्मेद्वारहरुले चैत २६ गते नियुक्ति पत्र बुझ्नको लागि सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरको खेल मैदानमा आउन आग्रह गरेको छ।