डोटीमा एकजना मृत फेला
२०७८ चैत्र २४, ०९:०३
डोटी: डोटीमा एकजना मृत फेला परेका छन्। दिपायल सिलगढी नगरपालिका ७ रातुली बस्ने ४५ वर्षीय लालबहादुर नेपाली बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।
सोही नगरपालिकाको वडा नम्बर ६ र ७ को सिमानास्थित गोरेटे बाटोमा उनी मृत फेला परेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।
कमेन्ट लोड गर्नुस