सुदूर नेपाललाई विश्वसँग जोड्दै

संगम सहकारी र मनहरा तेक्वान्दोको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न

२०७५ माघ १९, ०७:५२ खबर संवाददाता

‘आफ्नो वातावरण आफै सफा गरौँ, निरोगी भई स्वस्थ रहौँ’ भन्ने नाराका साथ कैलालीको गोदावरी नगरपालिका १ मा रहेको संगम कृषि सहकारी संस्था र मनहरा तेक्वान्दो दोजाङको आयोजनामा शनिबार सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ।

 

सहकारी संस्था र तेक्वान्दो संघको संयुक्त आयोजनामा गोदावरी नगरपालिका १ र ५ को गेटा आँखा अस्पताल आसपासमा सरसफाई गरिएको हो।

सरसफाई कार्यक्रममा सहकारीका पदाधिकारी, कर्मचारी, तेक्वान्दो दोजाङका पदाधिकारी, खेलाडी स्थानीय जनप्रतिनिधी र स्थानीय गरेर झण्डै तीन सय जनाको सहभागिता रहेको संगम कृषि सहकारीका उपाध्यक्ष तथा मनहरा तेक्वान्दो दाजाङका अध्यक्ष सुनिल विष्टले जानकारी दिए।

कमेन्ट लोड गर्नुस