सुदूर नेपाललाई विश्वसँग जोड्दै

शौचालयको सेफ्टीट्यांकीमा भेटियो शव, सातजना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७८ चैत्र २४, ०२:३३ खबर संवाददाता

धनगढीः सर्लाहीमा शौचालयको सेफ्टीट्यांकीमा एक बालकको शव भेटिएको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार बिहीबार बिहान मलंगवा नगरपालिका–१२, गम्हरियास्थित जीतेन्द्र ठाकुरका १० वर्षीय छोरा आकाशको शव छिमेकी जगदीश ठाकुरको शौचालयको सेफ्टीट्यांकीमा भेटिएको हो। उनी चार दिनदेखि हराइरहेका थिए। 

गौतमका अनुसार आइतबार गाउँमा न्वारनको भोज खान गएका आकाश घर नफर्किएपछि प्रहरीलाई खबर गरिएको थियो। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी जगदीशलाई पक्राउ गरेको छ। जगदीशले हत्या गरेको स्वीकार गरेपछि उनकै बयानका आधारमा प्रहरीले अरू ६ जनालाई समेत पक्राउ गरेको जनाइएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न एकजना अझै फरार छन्। बालकको शव प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस