सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी

२०७८ चैत्र २४, ०१:५९ खबर संवाददाता

धनगढीः राष्ट्रपति विद्यादेवी भण्डारीले दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरेकी छिन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति भण्डारीले यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीमा रहेका बडूलाई उद्योगमा नियुक्त गरेकी हुन्। 

प्रधानमन्त्री देउवाले उद्योग वाणिज्य तथा आपूर्तिसँगै रक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका थिए। यसअघि देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट गजेन्द्र हमाललाई उद्योग मन्त्रीमा नियुक्त गरेका थिए। प्रधानन्यायाधीशका जेठान नाता समेत रहेका हमाललाई प्रधानमन्त्री देउवाले असोज २२ को मन्त्रिपरिषद् विस्तारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्ति गरेका थिए।

गैरसांसद हमाललाई मन्त्री बनाएपछि सर्वत्र आलोचना भएको थियो। नियुक्त भएको ४० घण्टा नबित्दै हमालले मन्त्री पदबाट राजीनामा दिएका थिए।प्रधानमन्त्री देउवाले बिहीबार नै अधिवक्ता गोविन्द बन्दीलाई यसअघि बडूले सम्हाल्दै आएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका छन्। बडूको स्थायी घर सुदूरपश्चिमको दार्चुला हो। 

कमेन्ट लोड गर्नुस