धनगढीको खप्तड कलेजमा तालाबन्दी
२०७८ चैत्र २४, ०१:३९
धनगढीः धनगढीको खप्तड कलेजमा तालाबन्दी गरिएको छ। कलेजमा अध्यनरत विद्यार्थीहरुले बिहिबार शैक्षिक सामाग्री अभाव रहेको र यसमा प्रशासनले चासो नदेखाएको भन्दै तालाबन्दी गरेका हुन्।
उनीहरुले क्याम्पसको पुस्तकालयमा पुस्तक अभाव रहेको र कम्युटर ल्याबमा अधिकांश बिग्रेका कम्युटर मात्रै थन्काइएको बताएका छन्। जसका कारण पढाइमा असर भएको उनीहरुको भनाइ छ।
कमेन्ट लोड गर्नुस