बैतडीमा मेयरमा चुनाव लड्न शिक्षकले दिए राजीनामा
बैतडी: बैतडीमा नगरप्रमुखमा उम्मेदवार बन्न एक शिक्षकले आफ्नो पदबाट राजीनामा दिएका छन्। दशरथचन्द नगरपालिका–६ को निरपाल आधारभुत विद्यालयमा अध्यापन गराउँदै आएका प्रेमसिंह थापाले मेयरमा चुनाव लड्न राजीनामा दिएका हुन्।
उनले चैत्र १४ गते शिक्षा विकास तथा समन्वय इकाई बैतडीमा राजीनामा पत्र बुझाएको र सोही दिन स्वीकृत पनी भइसकेको बताएका छन्। एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रदेश उपाध्यक्षसमेत रहेका थापाले माओवादी केन्द्रबाट मेयर पदमा चुनाव लड्ने तयारी थालेका हुन्। टिकटका लागि पार्टीमा आन्तरिक छलफल भइरहेको प्रेमसिंह थापाले बताए।