सुदूर नेपाललाई विश्वसँग जोड्दै

अवैध लागुऔषधसहित दुई व्यक्ति पक्राउ

२०७८ चैत्र २३, ०९:०५ रासस

काठमाडौँ: चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषधसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका–१ बस्ने २३ वर्षीय साहिद रजा र सुनसरी गडी गाउँपालिका–३ बस्ने २३ वर्षीय प्रमोदकुमार मेहेता रहेका छन्। 

नागढुङ्गास्थित सुरक्षा चौकीमा खटिएको प्रहरीले बाराबाट काठमाडौँ आउँदै गरेको ना७ख ७१३२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार साहिदको साथमा नाइट्राभेट ६०० ट्याब्लेट फेला परेको थियो। 

यस्तै काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बाप्र ०३–००१ ख २३१४ नम्बरको बसमा सवार प्रमोदलाई डाइजेपाम २०० एम्पुल, लुपिजेसिक २०० एम्पुल र नाइट्राभेट एक हजार ८०५ ट्याब्लेटसहित फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस