पूर्वगृहमन्त्री अनिल देशमुख सीबीआईको हिरासतमा
काठमाडौँः सीबीआईले महाराष्ट्रका पूर्वगृहमन्त्री अनिल देशमुखलाई आफ्नो हिरासतमा लिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार हाल उनी मुम्बईको आर्थर रोड जेलमा छन्। सीबीआईले उनीविरुद्ध जबरजस्ती पैसा असुली मुद्दा दर्ता गरेको छ।
प्रवर्तन निदेशालय अर्थात् ईडीले उनलाई गत वर्ष नोभेम्बरमा मनी लाउन्ड्रिङ मुद्दामा उनलाई पक्राउ गरेको हो। भारतीय व्यवसायी मुकेश अम्बानीको घरबाहिर विस्फोटक पदार्थ भेटिएपछि महाराष्ट्रका तत्कालीन गृहमन्त्री अनिल देशमुखले यस मामिलामा प्रहरी अधिकृत सचिन वाझेको भूमिका र उन लगाएको आरोपपछि पदबाट राजीनामा दिनुपरेको थियो।