सुदूर नेपाललाई विश्वसँग जोड्दै

भ्रष्टाचारीलाई पार्टीमा ठाउँ छैन : अध्यक्ष लिङ्देन

२०७८ चैत्र २३, ०९:०३ रासस

बागलुङ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति सर्वोत्तम सेवा भएको बताएका छन्। यहाँ मंगलबार आयोजित आमसभामा उनले देश र जनताको सेवा गर्ने माध्यमका रुपमा राजनीतिलाई लिनुपर्ने उल्लेख गरे।  

अध्यक्ष लिङ्देनले लाभ र कमाइ लिन कोही राप्रपामा प्रवेश गरेका भए फर्किन सुझाव दिए। “भ्रष्टचारीलाई राप्रपामा ठाउँ छैन, यो जनताको सेवक पार्टी हो”, उनले भने। राप्रपाले विकास र सुशासन दिने ठोकुवा गर्दै अध्यक्ष लिङ्देनले आसन्न स्थानीय चुनावमा आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरे।

राप्रपाले चुनाव जित्ने स्थानीय तहमा आधारभूत शिक्षा र स्वाथ्य सेवा निःशुल्क बनाउने उनले बताए। गलत पार्टी र नेतालाई चुनावमा जिताउँदा देशले दुःख पाउने भन्दै अध्यक्ष लिङ्देनले मत हाल्दा विवेक पुर्याउन मतदातासँग आग्रह गरे। 

कमेन्ट लोड गर्नुस