सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अटो र मोटसाइकल ठोक्किँदा ४ जना घाइते

फाइल फोटो
फाइल फोटो
२०७८ चैत्र २३, ०८:३८ खबर संवाददाता

धनगढी : कैलालीमा अटो र मोटसाइकल ठोक्किँदा ४ जना घाइते भएका छन्। जिल्लाको घोडाघोडी नगरपालिका-१ सुखडस्थित पेट्रोल पम्प नजिक पूर्वबाट पश्चिमतर्फ गइरहेको से१ह २३१७ नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको लु७२प ६२६० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका प्रहरीले बताएको छ।

मंगलबार राति भएको दुर्घटनामा अटो चालक बर्दगोरिया गाउँपालिका-१ बहुनियाका २७ वर्षीय पदम रोकाया, मोटरसाइकल चालक गौरीगंगा नगरपालिका-९ का २५ वर्षीय इन्द्रबहादुर चौधरी, सोही ठाउँकी १९ वर्षीया रेनू परियार र कञ्चनपुरको महाकाली नगरपालिकाका २४ वर्षीय विनोद दमाई घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

मोटरसाइकल चालक चौधरीलाई उपचारका लागि कोहलपुर लगिएको र बाँकी सबैको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। 
 
 

कमेन्ट लोड गर्नुस