नेविसंघद्धारा डोटीमा सरकारी गाडी तोडफोड
नेपाल विद्यार्थी संघले डोटीमा सरकारी गाडी तोडफोड गरेको छ। डोटीबाट अछाम जादै गरेको मेल्लेख गाउँपालिकाको गाडी नेविसंघले तोडफोड गरेको हो। गाउँपालिकाका उपाध्यक्ष धन बहादुर शाही सवार बा २ झ ४१८८ नम्बरको स्कारपियो गाडी तोडफोड गरिएको हो। नेविसंघले आज देशभर सरकारी गाडी चलाउन नदिने कार्यक्रम सहित आन्दोलन गरिरहेको छ। गाउँपालिकाले आन्दोलनको अवज्ञा गरेको भन्दै गाडि तोडफोड गरिएको नेविसंघ डोटीका जिल्ला अध्यक्ष गणेश खड्काले बताए।