सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगा ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट भाट

२०७८ चैत्र २२, ०७:०६ खबर संवाददाता

कैलाली: कैलालीको गौरीगंगा नगरपालीका वडा नम्बर ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट विष्णु भाटले उम्मेदवारी दिने भएका छन्। नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सचिवसमेत रहेका भाट वडा अध्यक्षकालागी कांग्रेसका तर्फबाट सर्वसम्मत चयन भएका हुन्। 

नेता कार्य बिच निकै लोकप्रिय रहेका भाटले समतामुलक समाज निर्माण तथा सामाजिक सद्भाव कायमकालागी आफ्नो उम्मेदवारी भएको बताएका छन्। पार्टीका हरेक गतिविधीमा संलग्न हुँदै आएका उनी पछिल्लो समयमा मौलाएको भ्रष्टाचार र अनियमिततालाई रोकी समुन्नत समाज निर्माणका लागि पनी आफ्नो उम्मेदवारी रहने बताए। भाटले सबै तहका नेता, कार्यकर्ताहरुलाई आफुलाई जिताउनका लागि सहयोग गरिदिनसमेत आग्रह गरेका छन्।

आगामी वैशाख ३० गते  हुने स्थानीय तहको निर्वाचनकालागी गौरीगंगा ५ मा अहिलेसम्म कुनै पनी राजनितीक दलले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्।

कमेन्ट लोड गर्नुस