डोटीमा पनि चुनावी तालमेल गर्ने सहमति, जनमोर्चा बाहिरै
डोटी: डोटीमा पनि सत्तारूढ गठबन्धनका प्रमुख दलहरूले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन्।
मंगलबार बसेको बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिंह, उपसभापति बाजीसिंह खड्का ‘विजय’, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दीर्घराज बोगटी, नेता नारद मलासी र माओवादी केन्द्रका खगेन्द्र साउद ‘केबी’ बीच तालमेलबारे सहमति भएको हो। बैठकले ‘आपसी समझदारीका आधारमा गठबन्धन गरी निर्वाचनमा सहभागी हुने’ निर्णय गरेको छ। तर राष्ट्रिय जनमोर्चा भने उक्त बैठकमा सहभागी भएको छैन।
यसअघि केन्द्रको निर्णयअनुसार कञ्चनपुर, अछाम र डडेल्धुरामा चुनावी तालमेल हुने सहमति भइसकेको छ।