सुदूर नेपाललाई विश्वसँग जोड्दै

पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण पुष्टि

२०७८ चैत्र २२, ०४:५६ खबर संवाददाता

काठमाडौंः पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २७८ जनाको पीसीआर परीक्षण गर्दामा २१ जना र २ हजार ३०९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी २४ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ५१ जना निको भएका छन् भने हाल देशभर ८१२ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्‍ये ७७१ जना होम आइसोलेसनमा रहेका छन् भने ४१ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

कोरोनाका बिरामीमध्ये १५ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन्। मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ६७२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६५ हजार ७६५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका १ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका कसैमा पनि कवरुोना संक्रमण देखिएको छैन।

कमेन्ट लोड गर्नुस