सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौलानी नदीमा बगेर बैतडीका एक जनाको मृत्यु

२०७८ चैत्र २२, ०३:२३ खबर संवाददाता

धनगढी : बैतडीको चौलानी नदीमा बगेर एक जनाको मृत्यु भएको छ। मंगलबार जिल्लाको डिलाशैनी गाउँपालिका-६ सौगाउँका अन्दाजी ४६ वर्षीय खडक बोहराको गाईलाई नदीबाट पारीपट्टी तार्ने क्रममा बगेर मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बागाँबगर भन्ने स्थानबाट बगेका बोहराको शव झण्डै १ किलोमिटर तल चम्तडी भन्ने स्थानमा फेला परेको थियो। बोहरा कृषि तथा पशु विज्ञान कलेजका कर्मचारी हुन्। 


 

कमेन्ट लोड गर्नुस