सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा जीप दुर्घटना हुंदा एक जनाको मृत्यु, दुईजना घाईते

। फोटो स्रोत ।
२०७५ माघ १९, १२:०८ खबर संवाददाता

डोटीमा जीप दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ, भने दुई जना घाईते भएका छन्। मृत्यु हुनेमा भारतको बरेली घर भएका अन्दाजी उमेर ४०।४१ का बब्लु रहेको इृलाका प्रहरी कार्यालय बुडर डोटीका प्रमुख रुपसिंह थापाले जानकारी दिए। त्यस्तै केआईसिंह गाउपालिका ५ राना गाउं बस्ने १९ वर्षिय शंकर राणा र सुवास प्रजापति घाईते भएको उनले बताए।
एनका अनुसार अत्तरीया स्याउले जोड्ने भिमदत्त पनत राजमार्ग अन्तर्गत पर्ने डोटीको जोरायल गाउंपालिका २ रुपसकांडामा शुक्रबार राति १२ बजे लु १ च २५०८ नम्बरको जीप दुर्घटना भएको थियो। घाइतेहरुलाई उपचारका लागि कैलाली पठाइएको र  दुर्घटना के कती कारणले भएको हो खुल्न नसकेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस