सुदूर नेपाललाई विश्वसँग जोड्दै

यूएईको नूर क्यापिटलले किन्यो भेनेजुएलासँग तीन टन सुन

। फोटो स्रोत ।
२०७५ माघ १९, ११:५३

यूएईको अबुधाबीमा रहेको कम्पनी नूर क्यापिटलले भनेजुएलासँग तीन टन सुन किनेको बताएको छ।
गएको जनवरी १ मा भेनेजुएलाको केन्द्रीय बैंकसँग आफूले तीन टन सुन किनेको कम्पनीले शुक्रबार जानकारी दिएको समाचार रोयटर्समा प्रकाशित छ। नूर क्यापिटलले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको सरकार संकटग्रस्त अवस्थाबाट गुज्रिरहेका बेला यस्तो आफूले त्यहाँबाट सुन किनेको बताएको छ।
एउटा वक्तव्य सार्वजनिक गर्दै नूर क्यापिटलले भेनेजुएलामा राजनीतिक स्थिरता नआएसम्म अरु कारोबार नगर्ने जनाउँदै आफूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै कारोबार गरेको पनि जनाएको छ। रासस
 

कमेन्ट लोड गर्नुस