सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनकुटामा ३ दिने गाँजा मेला

२०७८ चैत्र २१, ०५:०४ खबर संवाददाता

धनकुटा: प्रतिवन्धित गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै धनकुटामा ३ दिने गाँजा सचेतना मेला सुरु भएको छ। सहिदभूमि गाउँपालिकामा आइतबारदेखि मेला सुरु भएको हो। भोजुर, उदयपुर र धनकुटा गरी ३ जिल्लाका अभियान्ताहरुको संयुक्त आयोजनामा सहिदभूमि गाउँपालिका–२ को अखुवा टारमा उक्त मेला लागेको छ। 

हाल संयुक्त राष्ट्र संघले समेत गाँजामा ९८ प्रतिशत भन्दा बढी औषधिय गुण भएको भन्दै गाँजालाई लागुऔषधबाट हटाएकाले यसलाई नेपालमा पनि बैधानिक दिनुपर्ने अभियान्ताहरुले माग गरेका छन्। उक्त मेलामा गाँजा सम्बन्धी विभिन्न कपडाका स्टल तथा उत्पादन, साँस्कृतिक कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रमहरु गरिने छ। 

कमेन्ट लोड गर्नुस