सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृत्यु भएपछि चक्काजाम

२०७८ चैत्र २१, १२:५४ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि चक्काजाम गरिएको छ। सोमबार जिल्लाको भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा बसको ठक्करले दिँदा मन्जु बुडालको ज्यान गएको थियो। साईकलमा सवार उनको घटनास्थलमै मृत्युपछि स्थानीयले चक्काजाम गरेका छन्। उनीहरुले सडकमा टायर समेत जलाइरहेका छन्। 

चक्काजाम गरिएपछि यातायात सेवा प्रभावित बनेको छ। यता, प्रहरीले सडक खुलाउन प्रयासमा लागिरहेको जनाएको छ। ना४ख ४४६६ नम्बरको बसले बाटो पार गर्न लागेकी बुडाललाई ठक्कर दिएको थियो। मन्जु ब्रम्हदेव प्रहरी चौकीमा कार्यरत सइ देवसिह बुडालकी पत्नी हुन्। 

कमेन्ट लोड गर्नुस