कञ्चनपुरका डेढ लाख बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने
धनगढी : कञ्चनपुरका डेढ लाख बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ। स्वाथ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारका अनुसार १ लाख ६१ हजार ८७५ बालबालिकालाई खोप लगाइने भएको हो।
जिल्लाका ५२४ खोप केन्द्रमार्फत यही चैत २५ देखि वैशाख १८ गतेसम्म खोप लगाइने स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप शाखा प्रमुख जनक कुँवरले बताए। खोप अभियानका लागि जनस्वास्थ्यकर्मी सहितका सबैलाई तालिम दिइसकिएको बताइएको छ ।