मलेसियाका राजा-रानी कोरोना सङ्क्रमित
क्वालालम्पुर: मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाह र रानीलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको दरबारका अधिकारीले शनिबार पुष्टि गरेका छन्। उनीहरुमा हल्का लक्षणहरू देखिएको छ।
"शाही दम्पती अहिले आइसोलसनमा छन। शुक्रबार मध्यरातसम्म १७,४७६ नयाँ कोभिड–१९ सङ्क्रमण देखिएपछि राष्ट्रिय कुल सङ्ख्या ४,२१९,३९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। साथै थप ३० जनाको मृत्यु भइसकेको छ, जसले देशको कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ३५,०१३ पुगेको छ।