डोटीमा सहायक स्तरका कर्मचारीहरुको ३० कार्यदिने सेवाकालिन तालिम सम्पन्न
डोटी: डोटीमा सहायक स्तरका कर्मचारीहरुका लागि सञ्चालित ३० कार्यदिने सेवाकालिन तालिम सम्पन्न भएको छ। प्रादेशिक सुशासन केन्द्र पुन्ना डोटीद्वारा आयोजित उक्त तालिम शुक्रवार सम्पन्न भएको हो।
फागुन १५ गतेदेखि सञ्चालन भएको सो कार्यक्रममा कार्यालय कार्यविधि तथा व्यवस्थापन सम्वन्धी विभिन्न विषयहरुमा प्रशिक्षण भएको सुशासन केन्द्रका पाठ्यक्रम विकास विज्ञ गंगा दत्त पनेरुले बताए। सो तालिमले कर्मचारीहरुका वृति विकाससँगै दैनिक कार्यालय सञ्चालन गर्न पनि सघाउने उनले बताए।
सहायक स्तरका कर्मचारीहरुका लागि बनाइएको पाठ्यक्रम अनुसार विभिन्न १० वटा मोड्युलमा तालिम प्रशिक्षण सञ्चालन भएको थियो। प्रादेशिक सुशासन केन्द्रको तालिम हलमा सञ्चालित सेवाकालीन तालिममा विभिन्न कार्यालयबाट २८ जना कर्मचारीहरुको सहभागिता रहेको थियो।
तालिमको सहजीकरण संघीय मामिला मन्त्रालयका अधिकृत स्तरका कर्मचारी, विषय विज्ञ र सुशासन केन्द्रका अधिकृत स्तरका कर्मचारीहरुले गरेका थिए।