रुसी विदेशमन्त्रीले भारतका प्रधानमन्त्रीलाई भेट्ने
नयाँ दिल्ली : रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने भएका छन्। प्रधानमन्त्री मोदीलाई भेट्न उनले चाडै नै भारतको भ्रमण पनि गर्ने तयारी भएको शुक्रबार जानकारी दिएका हुन्।
भारतका विदेश मन्त्री एस जयशंकरसँगको कुराकानीका क्रममा रुसी समकक्षी लाभ्रोभले युक्रेनसँगको संकट समाधानका लागि भारतीय प्रधानमन्त्रीले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखेका थिए। दुई देशको विवादमा भारतले सन्तुलित भूमिका खेलेकाले विवाद समाधान गराउन पनि प्रभावकारी भूमिका खेल्न सक्ने उनको विश्वास छ।
लाभ्रोभसँगको भेटपछि भारतको विदेश मन्त्री जयशंकरले यस बारेमा विस्तृतमा छलफल गर्न उनले प्रधानमन्त्रीसँग छलफल गर्न चाहेको जानकारी दिए।-एएनआई